×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा अर्वपतिहरुको संख्या २९ प्रतिशतले बढ्यो, चीनमा २५ प्रतिशतले घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL

भारतमा अर्वपतिहरुको संख्या २९ प्रतिशतले बढ्यो, चीनमा २५ प्रतिशतले घट्यो !

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय अर्वपतिको पछिल्लो सूची सार्वजनिक भएको छ । हारुन रिच लिस्टमा सार्वजनिक भएका कुल ३३४ अर्वपतिको सूचीमा अडानी ग्रुपका अध्यक्ष गौतम अडानी पहिलो स्थानमा छन् भने दोश्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी छन् ।

भारतीय संचारमाध्यम इकोनोमिक टाइम्सका अनुसार हारुन भारतले कुल १ हजार ५३९ जना अति धनी व्यक्तिहरूको पहिचान गरेर सूची सार्वजनिक गरेको हो । हारुनले सार्वजनिक गरेको प्रतिवेदनमा भारतमा गत वर्ष हरेक ५ दिनमा एक नयाँ अर्बपति बन्न सफल भएको उल्लेख छ, जसलाई भारतको आर्थिक स्थितिको प्रगतिका रुपमा पनि विश्लेषण गरिएको छ ।

यता चीनमा भने अर्वपतिहरुको संख्या २५ प्रतिशतले घटेको इकोनोमिक टाइम्सले जनाएको छ । चीनमा अर्वपतिहरुको संख्या ह्वात्तै घट्दा भारतमा भने अर्वपतिको संख्या २९ प्रतिशतले बढेको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी