Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ? 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जागिर खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि जागिर खुलाएको हो । 

राष्ट्र बैंकले खुलाएको जागिरमा ३४ जना सहायक निर्देशक, १३ जना सहायक र ५ जना सहायक (सूचना प्रविधि) माग गरिएको छ ।

राष्ट्र बैंकले मागेको सहायक निर्देशक पदमा आवेदन दिनका लागि मान्यताप्राप्‍त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह पास गरेको हुनुपर्नेछ भने सहायक पदको लागि मान्यताप्राप्‍त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । 

त्यस्तै, सहायक (सूचना प्रविधि)का लागि कम्प्युटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कर्मचारी माग गरेको विभिन्न पदमा इच्छुक तथा योग्यता पुगेका नागरिकले अनलाइन माध्यमबाट भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK