काठमाडौँ । नेपाल राष्ट्र बैंकले जागिर खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि जागिर खुलाएको हो ।
राष्ट्र बैंकले खुलाएको जागिरमा ३४ जना सहायक निर्देशक, १३ जना सहायक र ५ जना सहायक (सूचना प्रविधि) माग गरिएको छ ।
राष्ट्र बैंकले मागेको सहायक निर्देशक पदमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह पास गरेको हुनुपर्नेछ भने सहायक पदको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै, सहायक (सूचना प्रविधि)का लागि कम्प्युटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कर्मचारी माग गरेको विभिन्न पदमा इच्छुक तथा योग्यता पुगेका नागरिकले अनलाइन माध्यमबाट भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्