×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्दै जाउँजाउँ लाग्ने सुर्खेतको काँक्रेविहार, संरक्षण र प्रचारप्रसार पाए उत्कृष्ट गन्तव्य बन्ने पक्का (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

हेर्दै जाउँजाउँ लाग्ने सुर्खेतको काँक्रेविहार, संरक्षण र प्रचारप्रसार पाए उत्कृष्ट गन्तव्य बन्ने पक्का (फोटो-कथा) 

२७ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुर्खेत विरेन्द्रनगरबाट करिब १० मिनेटको दूरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शान्त वातावरणमा रहेको स्थान हो । सुर्खेतको कोलाहल छल्न र शान्त वातावरणको आनन्द लिन आजभोली मानिसहरु काँक्रेविहार पुग्ने गर्दछन् ।

भग्नावशेषकै रुपमा रहेको बेला वि.सं. २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात काँक्रेविहारको महत्व बढेको देखिन्छ । काँक्रेविहारको पूननिर्माणचाहिँ वि.सं. २०७५ गरिएको थियो ।

काँक्रेविहारमा ढुङ्गामा कुँदिएका बुद्धका सुन्दर कलाकृति तथा विभिन्न बुट्टाहरू देख्न सकिन्छ । जुन निकै मनमोहक र सुन्दर छन् । काँक्रेविहारलाई धेरैले उत्कृष्ट शिल्पकारको कालिगढीको नमुनाको रुपमासमेत लिने गर्छन् । 

सो काँक्रेविहारको ऐतिहासिक र पुरातात्विक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ । यस विहारको निर्माण १ औँ शताब्दीतिर भएको अनुमान गरिन्छ । केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं १३२५ मा काँक्रे विहार निर्माण गरेका हुन् पनि भन्ने गरिन्छ । 

उपत्यकाको उँचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेतापनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी