×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता जसरी पनि उठाइन्छ’ 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

‘डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता जसरी पनि उठाइन्छ’ 

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता एक रुपैयाँ पनि नछोडेर उठाउने स्पष्ट पारेका छन् ।  

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिजुली प्रयोग गरेबापत उद्योगहरुले विद्युत प्राधिकरणलाई तिर्नुपर्ने सम्पूर्ण बक्यौता जसरी पनि उठाउने प्रष्ट पारेका छन् ।

‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छोडिँदैन, जसरी पनि उठाइन्छ । तर उद्योग बन्द गरेर होइन, चलाएर उठाइन्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘विगतमा किन समयमा महसुल उठाइएन ? किन लाइन काटियो ? र किन फेरि लाइन जोडियो ? भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरण र सरकारबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारेका छन् । 

अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै ओलीले विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको पनि बताएका छन् । ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ । त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ । उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनैपर्छ ।’, उनले भने, ‘औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपत अनुसारको महसुल उठाएरै छोडिन्छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी