×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण जन्माष्टमीः पाटनको कृष्ण मन्दिरमा कृष्ण बन्ने र कृष्ण पुज्नेको भीड… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृष्ण जन्माष्टमीः पाटनको कृष्ण मन्दिरमा कृष्ण बन्ने र कृष्ण पुज्नेको भीड… (फोटो-कथा)

Artha Sarokar

१० भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज (सोमबार) देशभर विभिन्न कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । कृष्ण जन्माष्टमी पर्व मनाउनकै लागि सोमबार बिहानैदखि देशभरका कृष्ण मन्दिर भक्तजनहरुले भरिएका छन् ।

त्यसैमाथि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि कृष्ण पूजा गर्नेहरुको भीड लागेको छ । मन्दिर प्रवेशको मुल गेटदेखि नै भक्तजनहरु बिहानैदेखि लामबद्ध भएर पूजा गर्ने पालो कुरिरहेका छन् ।

अर्कोतिर कृष्ण पूजा गर्न कृष्ण मन्दिर पुग्नेहरुकाबीच कृष्ण बन्नेहरुको पनि भीड लागेको छ । खासगरी स-साना बालबालिकाहरु कृष्णको भेषमा सजिएर मन्दिर परिसर पुगेका छन् । सोमबार कृष्ण पूजा गर्ने र कृष्ण बन्नेहरुको भीडले पाटनको कृष्ण मन्दिर परिसर पूर्णतया कृष्णमय बनेको छ ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी