काठमाडौँ । काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।
पहिरो पनछ्याउन दुई तर्फी डोजर तयार रहे पनि पहिरो खसी रहेको हुनाले काम भने सुरु भएको छैन । पहिरोले विभिन्न यात्रामा निस्किएका यात्रुहरुले सास्ती बेहर्नु परेको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :