काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र काठमाडौँको इन्फोकम प्रालिको लाइसेन्स खारेज गरेको हो ।
लाइसेन्स नवीकरण गर्न तोकिएको अवधिभित्र निवेदन पेश नगरेपछि साउनको अन्तिम साता दुई सेवा प्रदायकको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
लाइसेन्स खारेज भएको इन्फोकम प्रालिले प्राधिकरणबाट २०६५ असार १५ गते अनुमति पाएको थियो भने पर्सा टेलिकम्युनिकेसन प्रालिले २०७६ साउन २२ गते अनुमतिपत्र पाएको थियो ।
लाइसेन्स खारेज भएसँगै प्राधिकरणले दुवै कम्पनीलाई अडिटेड वित्तीय विवरणअनुसार तिर्न बाँकी पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर बापतको रकम छिटो तिरेर सम्पर्क गर्न भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्