×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाको सार्वजनिक ऋण साढे तीन सय खर्ब डलर नाघ्यो, प्रतिव्यक्ति ऋण १ लाख डलरमाथि ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अमेरिकाको सार्वजनिक ऋण साढे तीन सय खर्ब डलर नाघ्यो, प्रतिव्यक्ति ऋण १ लाख डलरमाथि ! 

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाको सार्वजनिक ऋण साढे तीन सय खर्ब डलरभन्दा माथि पुगेको छ । अमेरिकाको संघीय वित्त मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको सार्वजनिक ऋण तीन सय ५० खर्ब डलरभन्दा माथि पुगेको हो ।

सन् २०२३ डिसेम्बरको अन्त्यमा अमेरिकाको सार्वजनिक ऋण तीन सय ४० खर्ब डलर नाघेको थियो । सन् २०२३ सेप्टेम्बरसम्म अमेरिकाको सार्वजनिक ऋण तीन सय ३० खर्ब डलर थियो । 

अमेरिकाको ऋण पहिलोपटक तीन सय खर्ब डलर पुगेपछि अमेरिकाको संघीय बजेट समितिका अध्यक्ष माया म्याकगुइनेसले अमेरिकामा अहिलेको सरकारले ऋण थुपार्ने मात्रै काम गरेर लापरबाही गरेको र यसले निकट भविष्यमा यसले खतराको घण्टी बज्ने भन्दै चेतावनीसमेत दिएका छन् ।

अमेरिकाको सार्वजनिक ऋणअनुसार हाल अमेरिकाको जनसंख्यालाई भाग लगाउँदा एक व्यक्तिको भागमा १ लाख ३ हजार ९ सय ४५ डलर हुन जान्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी