×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार डटकमको लुम्बिनी प्रदेश ब्युरो प्रमुखमा थापा 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अर्थ सरोकार डटकमको लुम्बिनी प्रदेश ब्युरो प्रमुखमा थापा 

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको अग्रणी आर्थिक डिजिटल सञ्चारमाध्यम अर्थ सरोकार डटकमले लुम्बिनी प्रदेशमा आफ्नो ब्युरो कार्यालय स्थापना गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक गतिविधिहरु प्राथमिकताका साथ प्रकाशन / प्रशारण गर्ने उद्देश्यले सो कार्यालयको स्थापना गरिएको हो ।
पत्रकार जीवन थापालाई प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ । लुम्बिनी प्रदेशको बुटवलस्थित दियालो बैङ्कोइटमा आयोजित एक कार्यक्रमका बीच थापालाई जिम्मेवारी प्रदान तथा प्रदेश ब्युरो कार्यालयको उद्घाटन गर्ने काम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अर्थ सरोकार डटकमका सञ्चालक / सम्पादक सुरज प्याकुरेलले लुम्बिनी प्रदेश प्रमुख थापाको सफल कार्यकालको कामना गर्दै लुम्बिनी प्रदेशका आर्थिक गतिविधिमा अर्थ सरोकारको सदैब नजर रहिरहने कुरामा विशेष ध्यान दिन र सोहि अनुसार काम गर्न आग्रहसमेत गरेका छन् ।
सेयर बजारका चर्चित अध्येयता सुबास चन्द्र भट्टराईले सो ब्युरोको उद्घाटन गरेका थिए । लुम्बिनी प्रदेश ब्युरो अर्थ सरोकारको दोश्रो प्रादेशिक ब्युरो हो । यसअघि अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो स्थापना भएको थियो ।
कार्यक्रममा बोल्दै संचालक प्याकुरेलले अन्य प्रदेशमा पनि अर्थ सरोकारको ब्युरो कार्यालय राख्ने तयारी भईरहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी