×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमध्ये नबिल बैंकको नाफा सबैभन्दा धेरै, कस्तो छ समग्र बैंकको वित्तीय अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वाणिज्य बैंकहरुमध्ये नबिल बैंकको नाफा सबैभन्दा धेरै, कस्तो छ समग्र बैंकको वित्तीय अवस्था ?

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले कुल ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा १०.२३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ । यसअवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी १२.०४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ । त्यस्तै, यसअवधिमा बैंकको सञ्चालन मुनाफा ६.५१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि घटेर ३ अर्ब २२ करोड रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै, असार मसान्तसम्ममा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा भने मूल्य आम्दानी अनुपात २०.०८ गुणा छ भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८५ करोड रुपैयाँ छ ।

हाल कुल चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको नबिल बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी