काठमाडौं । सरकारले एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहिबार बसेको क्याबिनेटले यस्तो निर्णय गरेको हो ।
सरकारका एक मन्त्रीले यस्तो निर्णय भएको पुष्टी गरे । चार किस्तामा शुल्क तिर्ने सुविधा दिने र पछिला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय क्याबिनेटले गरेको हो ।