Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा ‘बिग करेक्सन’, कारोबारमा भने ‘रेकर्ड ब्रेक’ !

अर्थ सरोकार

काठमाडौँ । धेरैपछि सेयर बजारमा ‘बिग करेक्सन’ देखिएको छ । सोमबारको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक १४५ .०५ अंकले घटेर २६५१ .३२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा २३ अर्बमाथिको सेयर कारोबार भएको छ । बजार भारी अंकले घटेको दिन कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ३९ करोड ७ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार समग्र बजार घट्दा पनि थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसैगरी आजको बजारमा नेपाल फाइनान्स, गोर्खाज फाइनान्सलगायत ७ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK