×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ हजार बिन्दु कटेर बन्द भयो बजार, कारोबारमा रेकर्ड ब्रेक

LAXMI SUNRISE BANK
GLOBAL

३ हजार बिन्दु कटेर बन्द भयो बजार, कारोबारमा रेकर्ड ब्रेक

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा ३ सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २९ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो ।

बिहीबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ९१ करोड ३३ लाख २२ हजार २ सय ३९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा बुटवल पावरसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी