×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कम्पनीको सेयर खरिद बिक्री हुँदा १८ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बुधबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकसहित ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी