×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ६.०१ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहीबार ६.०१ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १९ अर्बमाथिको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा धेरै कारोबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको एक अर्ब ३ करोड ९३ लाख ४१ हजार ५ सय ४३ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबारको बजारमा तारागाउँसहित ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १०.२५ % एसबिएल डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी