×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा करेक्सन २.० : यी ४ कारणले नेप्सेमा ७९.८८अंकको घटोत्तरी, ‘हाइ तोड्ने बेलाको स्वाभाविक करेक्सन’

LAXMI SUNRISE BANK
GLOBAL

बजारमा करेक्सन २.० : यी ४ कारणले नेप्सेमा ७९.८८अंकको घटोत्तरी, ‘हाइ तोड्ने बेलाको स्वाभाविक करेक्सन’

९ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन बजारमा ठुलो अंकको करेक्सन देखिएको हो ।
अघिल्लो पटकको बुलको पिक तोड्ने बेलामा यस्तो करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ । यसअघि पनि अघिल्ला हाइ तोड्ने बेलामा यस्तै करेक्सन देखिएका थिए ।
दोश्रो, लगानीकर्ताले गरेको स्वभाविक प्रफिट बुकिङका कारण पनि बजार घटेको देखिन्छ । लामो समय बजार बढ्दा लगानीकर्ताहरुले राम्रो रकम नाफा कमाएका थिए । सो नाफा बुक गर्दा पनि बजारमा करेक्सन आएको देखिन्छ ।
तेश्रो, बजारमा सरकार परिवर्तनको अस्वाभाविक हल्लाले पनि केहि हदसम्म प्रभाव पारेको देखिन्छ । आरजु राणाको भारत भ्रमणपछि सरकार परिवर्तनका केहि हल्लाहरु बजारमा चलेका छन् । याध्येपी सत्ता पक्ष र प्रतिपक्ष दुवैका नेताहरुले सरकार परिवर्तनको हल्लामा कुनै पनि सत्यता नरहेको प्रष्ट पारेका छन् ।
चौथो, पूर्व अर्थमन्त्री जनार्दन शर्माकि बहिनी तथा माओवादी नेतृ नारायणी शर्माले सेयर बजार बारे दिएको  अभिव्यक्तिका कारण पनि लगानीकर्ता तर्सिएका छन् । सामान्यतया एउटा बिन्दुमा पुगेपछि आउने यस्ता हल्ला र चर्चाले बजार घटाउने गरेका घटनाक्रम यसअघि पनि देखिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी