×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा करेक्सन २.१ : नेप्सेमा १११.९६ अंकको घटोत्तरी, जानकार भन्छन्- ‘हेल्दी करेक्सन हो, आत्तिनुपर्ने केहि छैन’

LAXMI SUNRISE BANK
GLOBAL

सेयर बजारमा करेक्सन २.१ : नेप्सेमा १११.९६ अंकको घटोत्तरी, जानकार भन्छन्- ‘हेल्दी करेक्सन हो, आत्तिनुपर्ने केहि छैन’

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा करेक्सनले निरन्तरता पाएको थियो । अघिल्लो दिन ठुलो अंकले घटेको बजार आज पनि १११.९६ अंकले घटेको छ ।
लामो समयसम्म बढिरहेको बजारमा अपेक्षित करेक्सनको रुपमा दुई दिनको बजार घटोत्तरीलाई लिन सकिने जानकारहरु बताउँछन् । हरेक पनि अघिल्लो हाईलाई ब्रेक गर्नु अगाडी यस्तो करेक्सन देखिने गरेको बताउँदै जानकारहरुले यसमा आत्तिनुपर्ने केहि पनि नरहेको दाबी गरेका छन् ।
बजारमा लगानीकर्ताले प्रफिट बुक गर्दा र सरकार परिवर्तनको चर्चा चल्दा बजारमा त्यसको सिधा प्रभाव परेको हो ।
मंगलबारको बजारमा सेयर बजार मापक नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा पुगेको छ । आज नेप्सेमा ३ सय ३० कम्पनीको सेयर खरिद बिक्री हुँदा ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।  त्यसैगरी, आज तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, नेपाल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । मंगलबार यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी