Skip to content
LAXMI SUNRISE BANK

झापामा नागरिकता लिने भन्दा राहदानी बनाउने धेरै !  

अर्थ सरोकार

काठमाडौँ । झापामा नागरिकता लिने भन्दा राहदानी बनाउने धेरै रहेको पाइएको छ । गत आर्थिक वर्ष २०८० ८१ मा नागरिकता लिने भन्दा राहदानी बनाउने धेरै रहेको पाइएको हो । 

जिल्ला प्रशासन कार्यालय झापाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १८ हजार ८ सय २२ जनाले नागरिकता लिएका छन् । 

तर, सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २५ हजार ४ सय ५५ जनाले राहदानी बनाएका छन् । 

राहदानी बनाउनेबाट मात्रै जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १४ करोड ७३ लाख ६७ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK