Skip to content
LAXMI SUNRISE BANK

वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीले १६ वर्षमै पेन्सन पाउने ! 

अर्थ सरोकार

काठमाडौँ । सरकारले वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन दिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएपछि सरकारले सोही अनुरुप गर्ने तयारी गरेको हो ।

१६ वर्षमै पेन्सनको सुविधा दिन प्रहरी प्रधान कार्यालयले यसअघिदेखि नै माग गर्दै आएको थियो । 

कार्यदलले बुझाएको प्रतिवेदनमा अब बन्ने संघीय प्रहरी ऐनमा प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सन सुविधा दिनेगरी संघीय प्रहरी ऐनमा व्यवस्था गर्न सुझाव दिइएको छ ।

त्यस्तै, प्रतिवेदनमा प्रहरी सहायक निरीक्षक (असई), प्रहरी नायब निरीक्षक (सई) र वरिष्ठ सईलाई १८ वर्ष र प्रहरी निरीक्षक (इन्सपेक्टर) भन्दा माथिका दर्जाका कर्मचारीलाई १८ वर्ष पूरा भएपछि पेन्सनको सुविधा दिन कार्यदलले सुझाव दिएको छ । 

कार्यदलको प्रतिवेदनप्रति गृहमन्त्री रमेश लेखक पोजेटिभ रहेको र सरकारले कार्यदलले दिएका सुझावलाई सकारात्मक रुपमा लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार पेन्सनको व्यवस्था परिमार्जनका लागि सरकारले आवश्यक गृहकार्यसमेत थालिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK