काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । एक सूचना जारी गर्दै निगमले बिहीबार रातीदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । योसँगै पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ)मा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल)मा प्रतिलिटर १६५ रुपैयाँ कायम गरिएको छ ।
पेट्रोलसँगै निगमले डिजेल र मट्टितेलको मूल्य पनि घटाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेल मूल्य पहिलो वर्गमा प्रतिलिटर १५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा प्रतिलिटर १५४ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ कायम गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्