काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आफूले सेयर बजारको हितकै लागि बोल्दा विरोधको सामना गर्नुपरेको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै महतले यस्तो बताएका हुन् ।
उनले अहिले सेयर बजार निरन्तर बढिरहेको र बढिरहेको बजारमा भइरहेको इन्साइडर ट्रेडिङको विषयमा बोल्दा लगानीकर्ताले प्रेस विज्ञप्ति नै निकालेर विरोध गरेको बताए ।
‘मैले आम लगानीकर्ताको पूँजी नफसोस् भनेर सेबोनले बजारका सुक्ष्म सूचना लिएर निगरानी गर्नुपर्छ भनेको थिएँ । तर कतिपय लगानीकर्ताले प्रेस विज्ञप्ति नै निकालेर विरोध गरे ।’, उनले भने, ‘सेबोनले बजारमा इन्साइडर ट्रेडिङ भएको छ कि छैन ? बजार म्यानुपुलेट भएको छ कि छैन ? विषयमा सेबोनले निगरानी गर्नुपर्छ ।’
त्यस्तै, यसअघि पनि बजारको बढोत्तरी स्वभाविक नभएको दाबी गर्दै आएका महतले अर्थ समितिको बैठकमा पनि सोही कुरा दोहोर्याएका छन् । उनले अहिले सेयर बजारमा जसरी केही कम्पनीको मूल्य वृद्धि भएको छ, त्यो स्वभाविक नदेखिएको बताएका छन् ।
साथै महतले कम्पनीको बलियो पक्ष के हो ? कमजोर पक्ष के हो ? दिगो रुपमा अगाडि बढ्न सक्ने आधार के छ ? भन्ने सबै आधार अध्ययन गरेर मात्रै लगानी गर्न पनि लगानीकर्तालाई सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्