×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनैपूर्णिमा बजारः असन र इन्द्रचोकमा जनै र राखी किन्नेको भीड, ग्राहक उत्साहित, व्यापारी मख्ख… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनैपूर्णिमा बजारः असन र इन्द्रचोकमा जनै र राखी किन्नेको भीड, ग्राहक उत्साहित, व्यापारी मख्ख… (फोटो-कथा)

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन यसवर्ष भदौ ३ गते (आज) परेको छ ।

यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाईका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ । अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सो भन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भई रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी