Skip to content
LAXMI SUNRISE BANK

सहकारीबारे रविसँग संसदीय छानबिन समितिले बयान लिने 

अर्थ सरोकार

काठमाडौँ । सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएको संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताए ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । 

लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ । उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK