काठमाडौँ । सेयर विश्लेषक रामहरी नेपालले सेयर बजार बढ्न थालेपछी नेप्सेमा राजनीति छिरेको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै नेपालले यस्तो बताएका हुन् ।
अघिल्लो पटकको बुलमा पनि बजारमा यस्तै माहोल बनेको र त्यसबेला पनि नेप्से तथा समग्र बजारमा राजनीति छिरेको र यसपालि पनि त्यस्तै भएको बताएका छन् । यद्यपि उनले यसलाई बुल बजारको स्वभाव भएको बताएका छन् । नेपालले बुल बजारमा बजारबारे धेरै, पोलिसी स्तरमै सेयर बजारको चर्चा हुनु स्वभाविक भएको पनि बताएका छन् ।
तर, यसरी बजारमा हुने हल्लाबाट जोगिन सक्नेले मात्रै बजारमा कमाउने पनि नेपालले प्रस्ट्याएका छन् । उनले बजारमा चल्ने हल्लाको पछि लाग्दा सेयर बजारमा गुमाउने जोखिम उच्च हुने बन्दै हल्लाबाट जोखिएर टिक्न सक्नेले बजारमा अवश्य जित्ने बताएका छन् ।
अर्कोतर्फ सेयर बजारबारे बोल्दा चर्चा हुन्छ भन्ने मनसायले पनि राजनीतिक स्तरमा बजारको चर्चा धेरै हुने गरेको नेपालले बताएका छन् । तर, सेयर बजार बढोस् वा घटोस् भन्ने मनसाय राखेर पोलिसी स्तरमै सेयर बजारको चर्चा हुनु ठिक नभएको नेपालको भनाई छ । बरु, पोलिसी लेबलबाट सेयर बजारलाई थप सुदृढ बनाउन, नियामकलाई बलियो बनाउन र सेयर बजारलाई गति दिनेगरी प्रोत्साहन गर्नुपर्नेमा नेपालले जोड दिएका छन् । भिडियोमा हेर्नुहोस् सेयर बजारबारे रामहरी नेपालसँग गरिएको थप कुराकानीः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्