काठमाडौँ । यतिबेला सामाजिक संजालमा रिलायन्स स्पिनिङ मिल्सले क्लिन चिट पाएको चर्चा चुलिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिलायन्सको अनुसन्धान तामेलीमा राख्ने निर्णय गरेको पत्र धितोपत्र बोर्डलाई पठाएपछि सोहि पत्र देखाएर अहिले कम्पनीले आईपीओ ल्याउन मिल्नेगरी क्लिनचिट पाएको भन्ने चर्चा चुलिएको छ । तर, रिलायन्सले क्लिन चिट नपाएको र विभिन्न निकायमा अनुसन्धान जारी रहेको खुलासा भएको छ ।
वित्तीय विवरणमा छेडखानी गरेको आरोप लागेको कम्पनीको वित्तीय विवरण ठिक छ भन्ने सिएलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले स्पष्टिकरण सोधेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । आइक्यानमा परेको उजुरीका आधारमा आइक्यानले आफ्ना सदस्य सिएलाई स्पष्टिकरण सोधेको छ । अव सो स्पष्टिकरण चित्त नबुझेमा यो केस आइक्यानको अनुशासन समितिमा जान्छ । र अनुशासन समितिले निर्णय गरेबमोजिम हुन्छ । अनुसशासन समितिमै केस नगई रिलायन्सको केसमा के भएको हो भन्ने प्रष्ट नहुने स्थिति भएकाले रिलायन्समा सबै ठिक छ भन्ने स्थिति नरहेको आइक्यानका अधिकारीहरु बताउँछन् ।
यता रिलायन्सविरुद्ध अदालत पुगेका अधिवक्ता हरि केसीले पनि अदालतको आदेशको अपव्याख्या भएको बताएका छन् । ‘अदालतले सबै ठिक छ भन्ने आदेश दिएको होइन । धितोपत्र बोर्डले हेर्ने कुरा, अदालतमा आउनु पर्दैन भनेको हो ।’ केसीले अर्थ सरोकारसँग भने, ‘अदालतले दिएको आदेशको अर्थ अदालतले क्लिन चिट दिएको भन्ने होइन । बोर्डले गरेको गलत कामको अनुसन्धान बोर्डले गर्नु हुँदैन वा सो अनुसन्धानमा बोर्ड सामिल नै हुनुहुँदैन । यो प्राकृतिक न्यायको सिद्धान्त विपरित हो ।हामी यस विषयमा पनि अदालत जान सक्छौँ ।’
धितोपत्र बोर्डका अधिकारीहरुले पनि क्लिन चिट पाएको भन्ने विषय गलत भएको दाबी गरेका छन् । बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बोर्डले रिलायन्सले क्लिन चिट पाएको भन्ने कुनै पनि खालको निर्णय नगरेको र आफुले पनि सीआईबीको पत्र अनलाइन मिडियामा देखेर थाहा पाएको दाबी गरेका छन् । उनले सीआईबीले धितोपत्र बोर्डकै प्रतिवेदनका आधारमा केस तामेलीमा राखेको भन्ने बुझेकोसमेत बताएका छन् ।
‘धितोपत्र बोर्डले क्लिन चिट भन्ने कुनै निर्णय गरेको छैन । मैले पनि अनलाइनमा देखेर सीआईबीको चिठी देखेको हुँ ।’ प्रवक्ता अधिकारीले अर्थ सरोकारसँग भने, ‘बोर्डले दिएको प्रतिवेदनका आधारमा अहिले केस तामेलीमा राख्ने कुरा मैले पनि समाचार पढेर थाहा पाएँ । बोर्डले भने क्लिनचिटको कुनै पनि निर्णय गरेको छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्