काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले बैंकहरुले फर्जी रिपोर्ट देखाएर सेयर लगानीकर्ता झुक्याइरहेको आरोप लगाएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा धितोपत्र ऐन संशोधनका लागि बनेको विधेयकमाथिको छलफलमा बोल्दै सांसद कार्कीले यस्तो आरोप लगाएकी हुन् ।
‘बैंकहरुले पनि फर्जी रिपोर्ट देखाइरहेको हुन्छन् । बैंकहरुको जति प्रफिट हुँदैन, त्यसभन्दा बढी प्रफिट देखाइएको हुन्छ ।’, सांसद कार्कीले भनिन्, ‘त्यसतर्फ पनि अर्थमन्त्रीज्युले ध्यानाकर्षण गर्नुपर्छ ।’
त्यस्तै, उनले सेयर बजारमा ‘लो क्याप’ कम्पनीहरुले झुठो वित्तीय विवरण देखाएर, बोनस र लाभांशको प्रलोभन देखाएर सेयर लगानीकर्ताहरुलाई भ्रममा पार्ने गरेको पनि बताएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्