×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबीच छलफल

LAXMI SUNRISE BANK
GLOBAL

सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबीच छलफल

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबीच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका विभिन्न बिकल्पबारे छलफल भएको छ ।

बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो ।

अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकार सम्पन्न नियामक निकाय गठनलगायतको विषयमा छलफल भएको छ ।

मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी