काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित स्टार्टअप नेशनललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको उल्लेख गरेका छन् ।
‘सहकारीहरु नजानेर होइन, गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरेका कारण सहकारीमा समस्या देखिएको हो ।’, प्रधानमन्त्री ओलीले भने, ‘यही कारण सहकारीप्रतिको निष्ठा घटेको हो ।’ ओलीले वर्तमान सरकार सहकारीमा देखिएका समस्याको पहिचान गर्दै समाधान गर्दै अघि बढ्ने पनि बताएका छन् ।
त्यस्तै, ओलीले हजारमध्ये केही सहकारीमा मात्रै समस्या देखिएको उल्लेख गर्दै देशभर सकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने पनि धारणा व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्