×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा गाडी किन्न ट्रेडरहरुले प्रफिट बुक गर्दा बजारमा प्रेसर, जानकार भन्छन्, ‘सेयर बेचेर गाडी किन्ने पछुताउँछन्’

LAXMI SUNRISE BANK
GLOBAL

नाडा अटो शोमा गाडी किन्न ट्रेडरहरुले प्रफिट बुक गर्दा बजारमा प्रेसर, जानकार भन्छन्, ‘सेयर बेचेर गाडी किन्ने पछुताउँछन्’

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नाडा अटो शोमा नयाँ इभी गाडीहरु किन्न सेयर कारोबारीहरुले प्रफिट बुक गर्दै सेयर बेचिरहेको खुलासा भएको छ । मंगलबारबारे सुरु भएको नाडा अटो शोमा गाडी किन्नकै लागि थुप्रै सेयर कारोबारीहरु सेयर बेचिरहेको खुलासा अभाएको हो ।
‘बजार किन यसरी घट्यो होला ?’ अर्थ सरोकारले सोधेको प्रश्नमा विभिन्न चिनिएका ट्रेडरहरुले सेयर बजारमा नाफा गर्न प्रफिट बुक पनि गर्नुपर्ने र नाडा अटो शोमा गाडी किन्ने धेरैको सेयर बेच्ने बहाना भएको दाबी गरेका छन् । ‘नबेची त नाफा हुने कुरा पनि भएन । अव डबल, त्रिपल नै भईसकेपछि सेयर बेचेर एउटा गज्जबको गाडी किनौं न त भन्ने लगानीकर्ताहरु धेरै देखिएका छन् । त्यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ ।’
ती कारोबारीका अनुसार अहिले सेयर बाट मनग्य पैसा कमाएकाहरुमध्ये धेरैले अर्को सेक्टरमा सिफ्ट हुने वा गाडी किन्ने भन्ने चर्चा गर्ने गरेको बताउँछन् । ‘राम्रै गाडी चढिरहेकाहरु सेयरमै थप पैसा खन्याईरहेका छन् । एउटा राम्रो गाडी नहुनेहरु र गाडीका पारखीहरु सेयर बेचेर गाडी किनिरहेका छन्, वा किन्न खोजिरहेका छन् ।’
यद्यपी उनले त्यस्तो निर्णयले पछि लगानीकर्ताहरु पछुताउने सम्भावना बढी भएकोसमेत दाबी गरेका छन् । ‘खासमा गाडी क्यास हालेर किन्ने होइन । लोनमै किन्ने हो । तर कतिपय लगानीकर्ताहरुले झ्याप्पै सेयर बेचेरसमेत गाडी किन्ने तरखर गरिरहेका छन्, जुन गलत छ ।’
उनका अनुसार अहिलेको समयमा सेयर बेचेको पैसाले अर्को कुनै राम्रो सेयर किन्नु नै बुद्धीमानी हुन्छ । ‘धेरै लगानीकर्ताले हुँदाछँदाको गाडी छोडेर थप महँगो गाडी किन्ने सोचिरहनु भएको छ, जुन ठिक होइन । गाडी नै नभएका कारोबारीको हकमा फरक कुरा हो, भएको गाडी हुँदाहुँदै यो गाडीमा लगानी गर्ने भन्दा पनि सेयरमै लगानी गर्ने समय हो । अझ भन्दा यो त गाडी बेचेर पनि सेयर किन्ने समय हो।’
यता अटो व्यवसायीहरु पनि धेरै ग्राहकले गाडी बुक गरिरहेको र सेयर बेचेर थप पैसाको जोहो गर्ने बताएको स्वीकारेका छन् । नाडा अटो शोमा भेटिएका थुप्रै अटो व्यवसायीहरुले सेयर बजार बढेपछि कमाएको पैसाले धेरैले गाडी किन्ने योजना आफुलाई बताएको स्वीकार गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी