काठमाडौँ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् घोषणा गरेको उक्त व्यवस्था साउन १८ गते शुक्रबारदेखि कार्यान्वयन भएको हो ।
संस्थागततर्फको २० करोडको सीमा खारेज भए पनि व्यक्तिगततर्फको १५ करोडको क्याप भने यथावत रहेको राष्ट्र बैंकले जनाएको छ ।
शुक्रबार राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुने छैन ।’
श्रावण ११ गते सार्वजनिक चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै सेयर लगानीकर्ता खुसी भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्