×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धमाधम सस्तोमा सेयर कर्जा दिँदै बैंकहरु, ब्याजदर कति ? 

LAXMI SUNRISE BANK
GLOBAL

धमाधम सस्तोमा सेयर कर्जा दिँदै बैंकहरु, ब्याजदर कति ? 

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको बैंकहरुको ब्याजदरबीच बैंकहरुले सस्तोमा सेयर धितो कर्जा दिन थालेका छन् । हाल वाणिज्य बैंकहरुले आधार दर (बेस रेट)मा केही प्रिमियम जोडेर सेयर धितो कर्जा दिन थालेका हुन् । 

यसो त आधार दर (बेस रेट) कर्जाको ब्याजदर निर्धारण गर्ने आधार हो । बैंकहरुले आफ्नो आधार दर जति छ, त्यसमा केही प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । यसरी आधार दरमा कति प्रिमियम जोड्ने भन्ने अधिकार बैंकहरुलाई नै दिइएको हुन्छ ।  

हाल अधिकांश वाणिज्य बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ । यसरी एकल अंकमा झरेको बेस रेटमा बैंकहरुले केही प्रिमियम जोडेर धमाधम सेयर धितो कर्जा दिन थालेका छन् । 

हाल नेपालमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । तर, यस बैंकले सेयर धितो कर्जा प्रवाह गर्दैन । त्यसपछि सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ७.०१  प्रतिशत छ । यसले आधार दरमा २ प्रतिशतदेखि २.५० प्रतिशतसम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्दै आएको छ । 

त्यस्तै, अन्य अधिकांश बैंकले आधार दरमा न्यूनतम शून्यदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् । तर, हाल अधिकांश बैंकले आधार दरमा १ देखि २ प्रतिशतसम्म प्रिमियम जोडेर सेयर कर्जा प्रवाह गर्दै आएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी