×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदीय समितिको बैठकमा सेयर बजारबारे मात्रै छलफल, कुन नेताले बजारबारे के भने ? (भिडियो ब्रिफ्रिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संसदीय समितिको बैठकमा सेयर बजारबारे मात्रै छलफल, कुन नेताले बजारबारे के भने ? (भिडियो ब्रिफ्रिङ) 

Artha Sarokar

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार यसकारण पनि सधैँ हट टपिक बन्छ, कि घटेर बियरिस ट्रेन्ड चलिरहेका बेला सडक तातिन्छ, बढेर बुल चलिरहेका बेला सदन तातिन्छ । बेचेपछि सेयर बढ्यो भने लगानीकर्ताको दिमाग तातिन्छ, किनेपछि घट्यो भने झन् पारो तातिन्छ । तताउनचाहिं सेयर बजारले हरहमेसा तताउँछ । सेयर बजारले बजार हरप्रहर तताउँछ, कहिले घटेर सताउँछ, कहिले धेरै बढेर अत्ताउँछ । र त बजार घटे पनि, बढेपनि बजारको गतिशीलतामा आफ्नै लय छ । कहिले बर्षातको झरीजस्तै निरन्तर झरिरहन्छ, अत्यासको बाढी ल्याउँछ, पीडाको पहिरो झार्छ, अनि कहिले मधुरमासमा नवयुगका नव जोडीलाई, मधुर मौसमले दिएको आनन्दजस्तै आनन्द दिन्छ बजारले । र त चर्चा, परिचर्चा, अत्यास, आनन्द र पीडाबीच जीवनजस्तै अविराम, अविरल बगिरहन्छ सेयर बजार ।

सेयर बजार केहि समययता बुलमा छ । र त सदनमा चर्चा छ, शहरमा चर्चा छ, घरदेशमा चर्चा छ, परदेशमा चर्चा छ । आज त संसदीय समितिमै चर्चा भयो सेयर बजारको । विभिन्न दलका नेताहरुले सेयर बजारका बारेमा आफ्नो धारणा राखे संसदीय समितिमा । बजारबारे राम्रै बुझेका देखि, अलिअलि बुझेकासम्मले, धितोपत्र बोर्डको राजनीतिको गहिराईसम्म पुगेका देखि, धितोपत्र बजारसमेत राम्रोसँग भन्न नजान्ने सांसदहरुले सेयर बजारका बारे बोले । 

सेयर बजार सबैका लागि होइन, हुँदै होइन । नेताले जनता मानेका सबैका लागि नभएको यो बजारमा सिमितले मात्र कमाउँछन् भन्ने निर्मम सत्यलाई हामी सबैले बुझ्न जरुरी छ । अझ प्रष्ट भन्दा ९० प्रतिशतले गुमाउने र १० प्रतिशतले मात्र कमाउने ठाउँ हो सेयर बजार । अझ नीतिको थिति ठाउँमा नहुँदा अझ बेजोड र निर्मम पीडा दिने ठाउँ हो सेयर बजार । अध्ययन गरेर लगानी गरे फेरि अर्थोपार्जनको असीम, अशेष आनन्द दिने भूमिको सेयर बजार । 

बुझ्नेलाई सेयर बजार सुन्दर छ, नबुझ्ने र नबुझेर पनि बुझी टोपलिनेहरुका लागि निर्मम छ सेयर बजार । नेताहरुले यति बुझुन्, बस नीति राम्रो बन्नुपर्छ, बाँकी त बजार आफ्नै लयमा छ । नदीले समुन्द्र भेट्ने क्रममा अनेक हण्डर खाएजस्तै, कहिले शालीन बनेर बग्दै कहिले सारा सम्पति बगाएजस्तै, सेयर बजार जीवनजस्तै छ, जान्नेलाई धनै धन, नजान्नेलाई अमिलोपन । बुझ्नेलाई छैन पीर, नबुझ्नेलाई मात्र भीर । पढेर, बुझेर लगानी गर्नेलाई पैसाको कुवा, लहै लहैमा लाग्नेलाई त भएजति पैसा स्वाहा ! (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी