काठमाडौँ । कारोबार रेकर्डको नयाँ इतिहास रच्दै सेयर बजार मापक नेप्से परिसूचक अघिल्लो बुलको बिन्दु तोड्ने भीषण तयारीमा छ । बिग करेक्सनको अपेक्षालाई लोप्पा खुवाउँदै, बजार तिव्र रफ्तारमा त बढेको छ नै, बजारमा पुराना र ठूला लगानीकर्ताको प्रवेश पनि भएको छ ।
इतिहासलाई फर्केर हेर्दा जसरी बजार १८८१ बाट ११०० मुनि आई १८८१ तोडेर ३२०० सय पुगेको थियो, त्यसरी नै १८०० हाराहारी आएको बजारले ३२०० तोडेर माथि जान्छ भन्ने प्रक्षेपणका बीच सेयर बजार उकालो लयमा छ । हुन त बुल बजारको रौनकता नै यही हो, बजार बुलमा रहेका बेला नेगेटिभ न्युज पनि पचाइदिन्छ बजारले । र त सेयर बजारबारे अनेक दृष्टि सार्वजनिक हुँदा पनि बजार अविराम अघि बढिरहेको छ ।
भनिन्छ नि मार्केट इज अल्वेज राइट । हो, यही सेयर बजार हो, जसले करोडलाई अर्ब बनाएको छ, र यही सेयर बजारको जसले करोवालाहरुलाई रोडमा ल्याएको छ । बजारको रफ्तार जति जति तेज हुन्छ, त्यसको जोखिम पनि उतिनै बढ्दै जान्छ । यसको अर्थ बजार बढिसक्यो, अव जोखिम साह्रै भो भनेको हुँदै होइन । बरु बढेको बजारमा सचेत भएर लगानी गर्ने गर्नुपर्छ र नाफा बुक गरेर प्रफिट इन्जोय पनि गर्नुपर्छ भन्ने कुरा भने जरुर हो ।
बजारमा यतिबेला फियर अफ मिसिङ आउट अर्थात फोमो चढेको छ धेरै लगानीकर्तामा । तर बिर्सनु नहुने कुरा के हो भने यो सेयर बजारमा बजारले किन्ने र बेच्ने दुबै मौका प्रशस्त दिन्छ । आखिरमा नआत्तिने र नमात्तिनेले नै सेयर बजारमा जित सुनिश्चित गर्छ । बजार बुलमा छ, बुललाई माया गर्नुहोला, तर बुलमा मात्तिने भुल नगर्नुहोला । बजार घटेपछि बढ्छ भनेर हिजो सस्तोमै किनेको भए आज धेरै नाफा जरुर हुन्थ्यो । बजार बढेपछि घट्छ पनि है भन्ने तथ्य दिमागमा राखे बुलले तपाईंलाई खुसी नै देला । तर बियरिस बजारमा बजार बढ्छ र ? भन्ने सोच्दा जसरी दुख पाएका छन् धेरै लगानीकर्ताहरुले त्यसरी नै, बजार बढेपछि कहाँ अव घट्न सक्छ र ? भन्ने सोच्नेहरुले भोलिका दिनमा दुःख पाउने हो ।
बाँकी त तपाईंको पैसा, तपाईंको विचार । किन्ने पनि तपाईं, बेच्ने पनि तपाईं । घाटा भए घाटा पनि तपाईंको । नाफा भए, नाफा पनि तपाईंको ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्