×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धर्के विश्लेषक’ को उक्साहटको प्रभाव बजारमा, लगानीकर्ता आतिँदा ३४.४७ अंकले घट्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL

‘धर्के विश्लेषक’ को उक्साहटको प्रभाव बजारमा, लगानीकर्ता आतिँदा ३४.४७ अंकले घट्यो नेप्से

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा करेक्सन देखिएको छ । आइतबार नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा ३३० कम्पनी ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८२ करोड १४ लाख ८१ हजार १ सय ३५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आजको बजारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार राष्ट्रिय बीमा कम्पनीसहित ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी