×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बजार बढ्नु र घट्नुको भित्री संकेत यस्तो, नबुझे पछुताइएला ! (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL

झिनो अंकले बजार बढ्नु र घट्नुको भित्री संकेत यस्तो, नबुझे पछुताइएला ! (भिडियो ब्रिफिङ) 

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बजार घट्दा जति तनाव हुन्छ लगानीकर्तालाई, घटेको बजारमा सेयर किन्न नसक्दाको तनाव त्यहाँभन्दा धेरै ठुलो हुन्छ । बजार घटेको तनाव भन्दा पनि घटेको बजारमा सेयर किन्ने पैसा नहुनु वा नकिन्नुले दिएको तनावको पाटो फरक र ठुलो छ । र पनि बजारमा लगानीकर्ताहरुमध्ये धेरै न घटेका बेला किन्ने आँट गर्छन्, न बढेका बेला बेच्ने साहस हुन्छ । हुन त यही मनोविज्ञानको प्रारूप नै बुल बजारको स्वरुप हो । र पनि बजारमा धेरै लगानीकर्ताहरु २ दिन बजार घटेर आत्तिएका थिए, धन्न झिनो अंक नै सही बुधबारको बजार हरियो नै भएर बन्द भयो ।

हुन त बुधबारको बजारमा व्यग्र उतारचढाव देखियो । केही मिनेटमा स्वात्तै बढेको बजार, फेरी केही मिनेटमै ह्वात्तै घटेको दृश्य पनि देखियो । किन्नेहरु किनेको किन्यै गरेजस्तो, फेरी बेच्नेहरुले पनि बेच्ने काम नरोकेजस्तो देखिएको बजारमा अन्तत झिनो अंकको बढोत्तरी देखियो । 

बुल बजारमा प्राविधिक तर तार्किक कुरा समयमै नबुझ्दा धेरै लगानीकर्ताहरु विगतका बुलहरुमा पनि फसेका थिए । यस विषयमा लगानीकर्ता सचेत हुन जरुरी छ । सँगै बुझ्नुपर्ने तथ्य यो पनि खास हो कि, बुल बजारमा अनुशासित भएर किन्ने र बेच्नेले नै पैसा कमाउने हो । 

बाँकी त हामीले भन्दै आएका छौँ, कारोबार पनि तपाईंको, सेयर पनि तपाईंको । घाटा भए, घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको । आगे तपाईंकै मर्जी । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी