×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुन सेयरको भाउ कति हुने हो, त्यो सांसदले बोल्ने होइन, बजार पूँजीकरण मिलेको छैन, सच्याईयोस्’: हरि ढकाल

LAXMI SUNRISE BANK
GLOBAL

‘कुन सेयरको भाउ कति हुने हो, त्यो सांसदले बोल्ने होइन, बजार पूँजीकरण मिलेको छैन, सच्याईयोस्’: हरि ढकाल

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कुन सेयरको भाउ कति हुने हो भन्ने विषय सांसदले बोल्ने कुरा नभएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ९ महिनासम्म अध्यक्ष नियुक्त नहुँदा बजार प्रभावित भएको दाबी गर्दै अर्थमन्त्रीलाई तुरुन्त अध्यक्ष नियुक्त गर्नसमेत अनुरोध गरेका छन् ।

ढकालले ६६ लाख लगानीकर्ताको लगानी सुरक्षित गर्न र बजारलाई प्राकृतिक लयमा चल्न दिन सेयर बजारका बारेमा नबुझी नबोल्न पनि अन्य सांसदहरुलाई आग्रह गरे ।

बजार पूँजीकरणको गणना नमिलेको भन्दै ढकालले यसलाई तुरुन्त सच्याउन पनि अर्थमन्त्रीलाई आग्रह गरेका छन् । कारोबार हुने सेयरको मात्र पूँजीकरण गणना हुनुपर्नेमा जोड दिँदै ढकालले यस विषयमा निष्कर्ष निकाल्न तुरुन्त कार्यदल बनाउनुपर्नेसमेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी