काठमाडौँ । नेपालीलाई श्रीलंका जान भिजा नचाहिने भएको छ । श्रीलंकाको सरकारले नेपालसहित ३५ देशका नागरिकहरुलाई श्रीलंका जान भिसा लिनु नपर्ने घोषणा गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस्तो सुविधा २०२४ अक्टोबर १ देखि ६ महिनासम्म लागू हुनेछ । त्यस अवधिमा श्रीलंका घुम्न जान चाहने नेपाली नागरिकसहित विभिन्न ३५ देशका नागरिकहरुले निःशुल्क पर्यटकीय भिसा पाउनेछन् ।
श्रीलंकाको पर्यटन प्रवद्र्धनका लागि श्रीलंकन सरकारले फ्रि भिजाको सुविधा दिएको श्रीलंकाका पर्यटन मन्त्रालयका सल्लाहकार हारिन फर्नान्डोले जानकारी दिएका छन् ।
यसअघि श्रीलंकामा घुमफिरका जान चाहने केही अन्य मुकुलकका नागरिकलाई भिजा नलाग्ने व्यवस्था थियो । तर, अब भने नेपाल, भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, बेल्जियम, स्पेन, अस्ट्रेलिया, डेनमार्क, पोल्यान्ड, कजाकिस्तान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, इन्डोनेशिया, रूस, र थाइल्यान्डका नागरिकलाई पनि श्रीलंका जान भिसा नचाहिने भएको छ ।
त्यस्तै, श्रीलंकाको सरकारले उक्त सूचीमा मलेसिया, जापान, फ्रान्स, क्यानडा, चेक गणतन्त्र, इटाली, स्विजरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारूस, ईरान, स्वीडेन, दक्षिण कोरिया, कतार, ओमान, बहरीन र न्यूजील्याण्डलाई पनि समावेश गरेको छ ।