×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशियाबाट ‘निकालिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको डिसिइओमा नियुक्त ! 

LAXMI SUNRISE BANK
GLOBAL

एनआइसी एशियाबाट ‘निकालिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको डिसिइओमा नियुक्त ! 

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकबाट ‘निस्किन बाध्य पारिएका’ सुधीरनाथ पाण्डे कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा नियुक्त भएका छन् । पाण्डेलाई कुमारी बैंकको सञ्चालक समितिको बैठकले बैंकको डिसीईओमा नियुक्त गरेको हो ।

उनले भदौ ५ गते (बुधबार)देखि बैंकका डेपुटी सीईओको कार्यभार सम्हालेका छन् । 

यसअघि अपेक्षित नतिजा निकाल्न नसकेको भन्दै एनआईसी एशिया बैंकले उनलाई मधेश प्रदेशको ‘रिकभरी’ हेर्ने जिम्मेवारी दिएको थियो । आफू सिनियर डेपुटी सीईओ भए पनि प्रदेश प्रमुखझैँ व्यवहार गरिएको भन्दै उनले तत्कालीन एनआईसी एशिया बैंकको सिनियर डेपुटी सीईओ पदबाट राजिनामा दिएका थिए । पछि बैंकले उनलाई पदमा फर्कन आग्रह गरे पनि एनआईसी एशियाका शाखा बन्द गरिएको समाचारउपर झुठो खण्डन गर्न लगाइएपछि अन्ततः उनले एनआईसी एशिया नफर्कने निर्णय गरेका थिए । 

पाण्डेसँग विभिन्न बैंकमा साढे तीन दशकदेखि काम गरेको अनुभव छ । तर, आफू अन्डर काम गरेका व्यक्ति बैंकको सीईओ भइसक्दा पनि उनी सोही बैंकको डेपुटी सीईओ भएर बस्दा उनको क्षमतामाथि नै प्रश्न उठ्ने गरेको थियो । आफ्नो जग्गालाई ‘ओभर भ्यालुयसन’ गरी एक फाइनान्सबाट ऋण लिई, बैंकिङ ‘इथिक्स’ विपरीत काम गरेको भन्दै उनको आलोचनासमेत हुने गरेको छ । यद्यपि, यस विषयमा अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि उनले सो ऋण सल्टाइसकेका छन् । 

कुमारी बैंकको डेपुटी सीईओका लागि पाण्डेसहित चारजनाको नाम सञ्चालक समितिमा सिफारिस गरिएको थियो । तर, पाण्डेलाई ल्याउने तयारीका साथ औपचारिकताका लागि अन्य तीनको नाम सिफारिस भएकाले सर्वसम्मत रुपमा पाण्डेलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय बैंकले गरेको हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी