×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनमा मात्रै सरकारले सेयर बजारबाट ४ अर्ब २३ करोड पूँजीगत लभकर उठायो, एक दिनमै १९ करोड आम्दानी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साउनमा मात्रै सरकारले सेयर बजारबाट ४ अर्ब २३ करोड पूँजीगत लभकर उठायो, एक दिनमै १९ करोड आम्दानी !

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो एक महिनामा सरकारले सेयर बजारबाट ४ अर्ब बढी पूँजीगत लाभकर उठाएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१ ८२ को पहिलो महिना (साउन)मा भएको कुल २२ कारोबार दिनमा कुल ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८ सय २ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो ।

साउनमा सरकारले उठाएको पूँजीगत लाभकरका आधारमा सेयर बजारबाट सरकारलाई प्रत्येक कारोबार दिनमा १९ करोड २६ लाख रुपैयाँ भन्दा बढी आम्दानी भएको देखिन्छ ।

हाल सेयर बजारबाट एक कारोबार दिनमा १९ करोड बढी आम्दानी गरिरहेको सरकारलाई सेयर बजार अझै बढेको अवस्थामा झनै धेरै आम्दानी हुने देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी