×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटकमाथिको प्रतिबन्ध खुलाउने सरकारको तयारी, क्याबिनेटमा सिफारिस लिएर जाँदै सञ्चारमन्त्री 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टिकटकमाथिको प्रतिबन्ध खुलाउने सरकारको तयारी, क्याबिनेटमा सिफारिस लिएर जाँदै सञ्चारमन्त्री 

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक खुलाउने तयारी गरेका छन् । सुरुदेखि नै टिकटकमाथिको प्रतिबन्ध खोल्ने पक्षमा रहेको ओलीले अन्ततः प्रतिबन्ध हटाउने तयारी गरेका हुन् । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई निर्देशन दिइसकेका छन् । योसँगै अब सञ्चारमन्त्री गुरुङले आगामी मन्त्रिपरिषद्को बैठकमा टिकटकमाथिको प्रतिबन्ध हटाउन प्रस्ताव गर्नेछन् । 

त्यसलगत्तै मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाइएको औपचारिक घोषणा गर्ने प्रधानमन्त्रीनिकट स्रोतले दाबी गरेको छ । 

यसो त यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकको प्रयोगले सामाजिक सद्भाव बिगारेको भन्दै तत्कालीन सरकारले २०८० कात्तिक २७ गते क्याबिनेट मिटिङबाटै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत भएको भन्दै सर्वोच्च अदालतमा १४ वटा छुट्टाछुट्टै रिट दर्ता भएका थिए । जुन रिटमाथि छलफल गर्न सरकारले आगामी असोज १० गते नयाँ पेशी तोकेको छ । 

यता टिकटकले पनि सञ्चार तथा सूचना मन्त्रालयलाई पत्र नै लेखेर नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्न तयार रहेको भन्दै टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ । 

सोही अनुरुप प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आवश्यक मापदण्ड पालना गर्ने सर्तमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्नेछ । हाल नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको भए पनि टिकटक युजरहरुले डिएनएस सेटिङ तथा भिपिएन प्रयोग गरेर टिकटक चलाउँदै आएका छन् । तर, अब टिकटकमाथिको प्रतिबन्ध हटेसँगै नेपालमा सबै नेटवर्कमा टिकटक निर्वाध रुपमा चल्नेछ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी