काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपालीले जाँड खाएर झगडा गर्न थालेपछी यूएईका लागि नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ । २२ साउनमा एक सूचना जारी गर्दै दूतावासले मादक पदार्थ सेवन गरेर होहल्ला तथा झगडा नगर्न नेपालीहरुलाई ध्यानाकर्षण गराएको हो ।
दिनहुँ रक्सी सेवन गरेर नेपालीहरुले होहल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, हुलहुज्जत गरेको तथा झगडा गरेको भन्दै यूएईका सम्बन्धित निकायले दूतावसमा खबर गरेपछि दूतावासले त्यसतर्फ ध्यानाकर्षण गराएको हो ।
सोही सूचनामार्फत दूतावासले यूएईमा रहेका नेपालीहरुलाई यूएईको ऐन, कानून, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरूप व्यवहार गर्न पनि नेपालीहरुलाई आग्रह गरेको छ ।
त्यस्तै, दूतावासले यसअघि पनि पटकपटक राजदूतावास परिसर बाहिर मादक पदार्थ सेवन गरेर दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई यूएई प्रहरीले कारबाही गरेकोसमेत स्मरण गराउँदै दूतावासले नेपालीहरुलाई सभ्य व्यवहार गर्न आग्रह गरेको छ ।
‘संयुक्त अरब इमिरेट्समा रहनु भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नेपालका सद्भावना राजदूतका रुपमा रहेको हुँदा आफू बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’, दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्