काठमाडौँ । एक्वा त्रिदेव कम्पनीद्वारा उत्पादित जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) भेटिएको छ । कम्पनीले उपभोक्ताका लागि बजारमा पठाएको जारको पानीमा दिसाजन्य पदार्थ भेटिएको हो ।
पानीको गुणस्तर जाँचका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ल्याबमा गरिएको परीक्षणमा उक्त कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ भेटिएको महानगरका एक कर्मचारीले पुष्टि गरेका छन् ।
ती कर्मचारीका अनुसार काठमाडौँ महानगरले उपत्यकामा पानीमा शुद्धता कायम गर्नका लागि पानीको गुणस्तर जाँच गर्ने क्रममा कम्पनीको ५ वटा जार परीक्षणका साउन २५ गते ल्याबमा पठाएको थियो । जसको रिपोर्ट मंगलबार आएको थियो । रिपोर्टमा उक्त कम्पनीको जारको पानीमा कोलिफर्म अर्थात दिसाजन्य पदार्थ भेटिएको पाइएको हो ।
यसो त जारको पानीमा कोलिफर्म १ सय हुनुपर्छ । तर, एक्वा त्रिदेवको जारको पानीमा ३ कोलिफर्मको मात्रा ३ सय देखिएको छ । यसको अर्थ कम्पनीले जारको पानी बजारमा पठाउनुअघि प्रशोधन नै नगरी पठाउने गरेको पुष्टि हुने महानगरका ती कर्मचारीले बताएका छन् । पानीको जारमा दिसाजन्य पदार्थ भेटिए पनि उक्त कम्पनीलाई कारबाही हुन भने बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्