काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन् ।
संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि आयोजना गरिएको ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा मन्त्री तथा सांसदहरुले एकै थलोमा योगाभ्यास गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतले पनि योगाभ्यास गरेका छन् ।
कार्यक्रममा जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीको ज्यान मज्जाले तन्किएको देखेर सबै छक्क परेका थिए । योग अभ्यासका क्रममा सभामुख देवराज घिमिरेले पनि रन्किएर योगा गरेका थिए । केहि नेताहरु पनि योगाका क्रममा पछाडीबाट अरुले छोएको, डिस्टर्ब गरेको भन्दै सन्किएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्