Skip to content
LAXMI SUNRISE BANK

नदीको मापदण्ड थप २० मिटर कायम, नदी किनारमा घर बनाउन नपाइने भएपछि स्थानीय आन्दोलित (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् ।

अदालतसँगै काठमाडौँ महानगरपालिकाले नदीको मापदण्डमा थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै संरचना निर्माणमा रोक लगाएपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा स्थानीयहरु आन्दोलित बनेका हुन् ।

यसैबीच गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन् । सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै काठमाडौँ उपत्यका नदि करिडोर पीडित संघर्ष समितिले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेको हो ।

उनीहरुले ‘फैसला खारेजीको आदेश जारी गर’, ‘जनतालाई घरबारविहीन बनाउन पाइँदैन’, सार्वजनिक जग्गा, खोला अतिक्रमणकारीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK