Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंबाट भारत जान भन्दा धनगढी जाने हवाईभाडा महँगो, विपत्तिमा एयरलाइन्स कम्पनीको मनलाग्दी !

अर्थ सरोकार

काठमाडौँ । दशैँको मुखमा काठमाडौँबाट भारतको राजधानी दिल्ली जानभन्दा नेपालकै धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको छ । आइतबार विभिन्न एयरलाइन्सको भाडा दर हेर्दा काठमाडौँबाट भारत जानभन्दा धनगढी जाने हवाई भाडा महँगो भएको पाइएको हो ।

दिल्ली जान ११ हजार दुई सय ८२ रुपैयाँ लाग्दा धनगढी जान भने १७ हजार १० रुपैयाँ रहेको पाइएको छ ।

दशैंको मुखमा यसरी हवाई कम्पनीहरुले भाडादर चर्को बनाउँदा घर जाने यात्रुहरु मारमा परेका छन् । छिमेकी देशको राजधानी जानुभन्दा आफ्नै देशको एक ठाउँ जान महँगो परेपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना भईरहेको छ ।

हरेक वर्ष दशैँमा दिल्ली जानेआउने भाडा सस्तो हुन्छ भने नेपालका विभिन्न ठाउँमा जाने भाडा महँगो हुन्छ । जसले गर्दा यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK