×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी स्याउ रुखमै कुहिँदै, विदेशी स्याउको आयात ह्वात्तै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्वदेशी स्याउ रुखमै कुहिँदै, विदेशी स्याउको आयात ह्वात्तै बढ्यो

Artha Sarokar

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय नेपालमा विदेशी स्याउको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्ष स्याउको आयात बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउनभदौ)मा १ करोड ३४ लाख ७७ हजार ७ सय ५९ किलो स्याउ आयात गरिएको छ । जुन १ अर्ब ३८ करोड ३८ लाख ५ हजार मूल्य बराबरको रहेको विभागले जनाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै स्याउ चीनबाट आयात गरिएको छ । चीनबाट मात्रै साउन र भदौ महिनामा १ अर्ब १५ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको स्याउ आयात गरिएको छ । 

त्यस्तै, साउन र भदौमा भारतबाट २३ करोड ९ लाख ६१ हजार रुपैयाँ र भुटानबाट २५ हजार रुपैयाँको स्याउ नेपाल आयात गरिएको विभागले तथ्यांकमा उल्लेख गरिएको छ । विदेशी स्याउको आयातबाट मात्रै राज्यले २७ करोड ४५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

तर, विदेशी स्याउको बढ्दो आयातले स्वदेशी स्याउको बजारीकरणमा मर्का पुगेको किसानहरुले बताएका छन् । हाल नेपालका स्याउ उत्पादन हुने जिल्लाहरु (हुम्ला, जुम्ला, मुगु लगायत) मा स्याउले बजार नपाउँदा रुखमै कुहिन थालेका छन् । त्यहीँ अर्कोतर्फ विदेशी स्याउको आयात भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वदेशी स्याउको तुलनामा विदेशी स्याउ सस्तो हुने भएकाले पनि उपभोक्ताले प्राय विदेशी स्याउ नै खरिद गर्ने गर्दछन् । यही कारण वर्षेनी विदेशी स्याउको आयात बढ्दा स्वदेशी स्याउ ओझेलमा परेको स्याउ उत्पादक किसानहरुले गुनासो गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी