काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५७ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौमा ५७ हजार ४ सय ९३ नेपाली विदेशिएका हुन् ।
जसमध्ये ५० हजार ७ सय ७० जना पुरुष र ६ हजार ७ सय २३ जना महिला रहेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिएका थिए । भदौ महिनामा विदेश जानेहरुमध्ये अधिकांश नेपाली युएई गएका छन् ।
विभागका अनुसार भदौमा मात्रै नेपालबाट १८ हजार ६ सय ५ जना नेपालीहरु रोजगारीका लागि यूएई गएका छन् भने साउदीमा १० हजार ८ सय ३५, कतारमा ११ हजार २ सय ९१ र कुवेतमा ४ हजार २ सय १५ नेपाली पुगेका छन् । यसअवधिमा मलेसिया जानेको संख्या भने घटेको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्