काठमाडौँ । नेपाली काँग्रेसका सांसद बिनोद चौधरीले सेयर बजारलाई सीमित घेराभित्र बाँधेर राख्न नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा ‘लेखा समितिले के का आधारमा ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्यो ?’ भन्ने विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
चौधरीले नेपालको मात्रै नभएर अन्तराष्ट्रिय स्तरको स्टक मार्केटमा पनि नेटवर्थका आधारमा कम्पनीलाई आईपीओ नदिने वा दिन नहुनेजस्ता पोलिसी नभएको भन्दै यसमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् ।
सेयर बजार अर्थतन्त्रको अवस्था र मनोविज्ञानले चल्ने भएकाले यसलाई बाँधेर राख्न नहुने चौधरीले बताए । ‘कम्पनीमा उतारचढाव हुन्छ । कम्पनीको भ्यालुमा पनि उतारचढाव हुन्छ, नाफा घाटामा पनि उतारचढाव हुन्छ । सर्ट टर्ममा क्रयास पनि हुन्छ, अर्को दिन धेरै माथि पनि पुग्छ ।’, उनले भने, ‘अनि नेटवर्थ समातेर इन्डेक्स यति भन्दा तलमाथि हुन दिनुहुन्न भनेर हुन्छ ? हुँदैन, यो मार्केट सेन्टिमेन्टको विषय हो ।’
बैठकमा चौधरीले अहिले सञ्चालनमै नआएका कम्पनीको पनि आईपीओ जारी भइसकेको बताउँदै सुरु नै नभइसकेको कम्पनीको नेटवर्थ कति मान्ने ? भन्दै प्रश्नसमेत गरेका छन् ।
त्यस्तै, नेपालको पूँजी बजारमा राम्रा चलेका कम्पनीहरु पनि आईपीओमा नआउनुको कारण स्टक मार्केट सम्बन्धी नेपालको नीति र मानसिकता भएको भन्दै अब नेपालको सेयर मार्केटलाई प्रभावित पार्ने निर्णय संसदीय समितिहरुले गर्न नहुने बताएका छन् । साथै चौधरीले सेयर बजार देशको अर्थतन्त्रको ऐना र लगानी विस्तारको उपकरण भएकाले यसलाई मिहिन ढंगबाट बुझेर मात्रै नीतिगत निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्