काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक संजालमार्फत सेयर बजार प्रभावित पर्नेहरुलाई सरकारीले कडा कारवाही गर्ने बताएका छन् । बुधबार नेप्सेको कार्यलय पुगेका अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले सामाजिक संजालमा लाइभ बसेर लगानीकर्तालाई निश्चित कम्पनीको सेयर किन्न वा बेच्न प्रेरित गर्नेलाई सरकारले कारवाही गर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङ र कर्नरिङबारे नेप्सेका अधिकारीसँग प्रश्न गरेका थिए । ‘इन्साइडर ट्रेडिङकाे विषय, कर्नरिङकाे विषय र सामाजिक सञ्जालमा बजारलाई घटाउने प्रवृत्तिले कति काम गरेकाे छ?,’ उनले प्रश्न गरे ।
अर्थमन्त्रीले अहिलेको प्रणालीमा सेयर कारोबारको गोपनीयता आवश्यक रहेको बताउँदै सामाजिक संजाल प्रयोग गरी इन्साइडर ट्रेडिङ र जालझेल भएको कुरा पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्