×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नौबिसे-नागढुंगा सडकखण्डमा पर्ने झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । 

अविरल वर्षापछि आएको पहिरो पन्छ्याउने क्रममा झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको हो । उक्त बस शनिबार गोरखाबाट काठमाडौँ आउँदै गरेको बस हुनसक्ने आशंका गरिएको छ । 

शनिबार आएको पहिरोपछि शुक्रबार एउटा बस गोरखाबाट काठमाडौँका लागि हिँडेको तर सम्पर्कमा नरहेको बताइएको थियो । शनिबार पहिरोमा पुरिएको अवस्थामा फेला परेको बस सोही हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । 

यद्यपि झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा फेला परेको बसको पहिचान भने खुलेको छैन । पहिरोमा बसको केही भाग मात्र देखिएको छ भने हाल डोजरको सहयोगमा पहिरो पन्छ्याएर बस निकाल्ने प्रयास भइरहेको छ । 

शनिबार झ्याप्लेखोलामै २ वटा बस पुरिएका थिए । ती दुई बसबाट १४ जनाको शव निकालिएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी